scheduleशनिवार आश्विन ४ गते, २०७६

बीमा कम्पनी नाफामा, नेपाल लाइफले सबैभन्दा बढी कमायो

काठमाण्डौ – देशभित्र सञ्चालनमा रहेका सबै १९ जीवन बीमा कम्पनीहरुले गएको आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबै बीमा कम्पनीहरुको खुद नाफा ३ अर्ब ११ करोड ७३ लाख रुपैयाँ छ ।

बीमा कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिकको अन्त्यसम्मको वित्तीय विवरण अनुसार यस वर्ष  सबै बीमा कम्पनीले खुद नाफगा ३ अर्ब ११ करोड ७३ लाख रहेको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा यस वर्ष पनि नेपाल लाईफ नै अगाडि रहेको छ । नेपाल लाइफले असार मसान्तसम्ममा ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै दोस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चाहिँ ५ करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कुन कम्पनीको नाफा कति ?

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage