scheduleमगलवार भाद्र ३१ गते, २०७६

प्रदेश २ नामाकरण : नेकपा र कांग्रेसको फरक-फरक प्रस्ताव

काठमाडौं, ५ भदौ । प्रदेश २ को नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन प्रदेशका राजनीतिक दलहरु यतिबेला छलफलमा छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा प्रस्ताव गर्न आह्वान गरेसँगै राजनीतिक दलहरु आन्तरिक छलफलमा लागेका हुन् ।

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि प्रदेशसभा सचिवालयले बिहीबारसम्मका लागि प्रस्ताव पेश गर्न भनेको छ । प्रदेश २ का सांसदहरुले आफ्नो प्रस्ताव बिहीबारसम्म दर्ता गराउन सक्छन् ।

नेपाली कांग्रेसले २ नम्बर प्रदेशको नाम मिथिला-भोजपुरा राख्न प्रस्ताव गरेको छ । प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार कांग्रेसले नाम र राजधानीबारे प्रदेश सभामा प्रस्ताव दर्ता गराएको हो ।

कांग्रेसले दर्ता गरेको प्रस्ताव अनुसार प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र राख्नु पर्ने र प्रदेशको नामाकरण मिथिला-भोजपुरा हुनु पर्ने उल्लेख छ ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो । त्यस्तै प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित सिंगो धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरिएको छ ।

प्रदेश २ का  सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव राख्दैछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage