scheduleमगलवार भाद्र ३१ गते, २०७६

चट्याङ लागेर एकै घरका ५ जना घाइते

काठमाडौं, ५ भदौ । प्रहरीले अछाममा चट्याङ लागेर एकै घरका ५ जना घाइते भएको जनाएको छ ।

प्रहरीका अनुसार अछामको पञ्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोलाका रणबहादुर रावलको घरमा बुधबार राति अबिरल वर्षासँगै चट्याङ परेको हो ।

चट्याङ लागेर रावलका ३७ वर्षीया छोरा तपबहादुर रावल, १७ वर्षीय छोरा मंगल रावल, ८ वर्षीय छोरा प्रकाश रावल, १४ वर्षीय छोरा पवन रावल र ३७ वर्षीया छोरी देवसरा रावल घाइते भएका छन्।

हाल चट्याङ लागेर घाइते भएका पाँचै जनाको पुल्लेतोला स्वास्थ चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये देवसरा र मंगलको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सोही नगरपालिकाको- ९ ढाकुका दिनेश कुमार शाहको गोठको छानोमा चट्याङ पर्दा ४ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage