scheduleशुक्रवार फाल्गुन १६ गते, २०७६

रोहितको कप्तानीमा यू-१९ एसिया कपका लागि अन्तिम टोलीको घोषणा (नामावलीसहित)

काठमाडौं, ५ भदौ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुन गइरहेको एसीसी यू-१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली टोली घोषणा गरेको हो । उक्त टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ समेतलाई सामेल गराइएको छ ।

यसअघि भएको इस्टर्न रिजन प्रतियोगितामा शेख, जोरा र तामाङ सहभागी भएका थिएनन् । यता इस्टर्न रिजनको टोलीबाट यू-१६ का कप्तान विशालविक्रम केसी र तिलक भण्डारी टोलीमा परेका छैनन् ।

यस्तो छ पूर्ण टोली

१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दास
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो

नेपाली टोलीले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ । अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय