scheduleबिहिवार आश्विन २ गते, २०७६

आयोगका पदाधिकारी नियुक्तिमा भागबण्डा नगरः मानव अधिकार आयोग


काठमाडौं, ५ भदौ । संक्रमणकालीन न्यायलाई सम्वोधन गर्ने आयोगलाई पूर्णता दिने विषयमा दलहरूबीच भागबण्डा भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले असहमति जनाएको छ ।

आयोगले विहीबार विज्ञप्ति जारी गरी सञ्चारमाध्यममा दलहरूको सहमतिका आधारमा आयोगका पदाधिकारी नियुक्त हुन लागेको भन्ने समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसप्रति आयोग आश्चर्यचकित भएको पनि भनिएको छ ।

सिफारिस गर्ने जिम्मेवारी कानुनद्वारा नै व्यवस्था गरिएको सिफारिस समितिको भएको भन्दै आयोगले समितिबाट स्वतन्त्र, निष्पक्ष, पीडितमैत्री तथा पारदर्शी रुपमा मानव अधिकारका मूल्य र मान्यता अनुकूल योग्य व्यक्ति सिफारिस गरिनुपर्ने आयोगको भनाइ छ ।

सरकारले आयोगका अध्यक्ष तथा सदस्य सिफरिसका लागि गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गरेको विज्ञप्तिमा सिफारिस समितिमा आयोगको समेत प्रतिनिधित्व रहेको स्मरण गराउँदै राजनीतिक नियुक्ति भएमा समितिमा रही आयोगले कार्य गर्ने वा नगर्ने सम्बन्धमा पुनर्विचार गर्न सक्नेतर्फ आयोग गम्भीर रहेको जनाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage