scheduleबिहिवार आश्विन २ गते, २०७६

राजाको नाममा राजनीति गर्नेहरु लोप हुन्छन्ः प्रवक्ता बाँस्कोटा


काठमाडौं, ५ भदौ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्ककोटाले मुलुकमा राजतन्त्र फर्किने कुनै पनि सम्भावना नरहेको बताएका छन् ।

राजतन्त्रको हाउगुजी नदेखाउन पनि उनले चेतावनी दिए । सरकारका निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजाका नाममा राजनीति गर्नेहरू डाइनोसर जस्तै लोप भएर जाने दावी गरे । लोकतन्त्र जोगाउनु सरकारको मात्रै ठेक्का नभएर सबैको भएको उनको भनाइ छ ।

यसैबीच, अब भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले यसबारे जानकारी गराए । नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ संशोधन गरी यस्तो व्यवस्था गर्न लागिएको हो ।

प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ लगायत सूचना प्रविधि प्रयोग गरी मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था थप भएको प्रवक्ता बाँस्कोटाले जानकारी गराए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage