scheduleशनिवार आश्विन ४ गते, २०७६

भारतीय विदेशमन्त्रीको राजनीतिक भेटघाट

काठमाडौँ, ६ भदौ ।  नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री एस. जयशङ्करले राजनीतिक भेटघाट पनि गर्नुभएको छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टी
(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । भेटमा दुई देशको सम्बन्ध, राजनीतिक अवस्था, विकास निर्माण, आपसी हित, चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।
मन्त्री जयशङ्करले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग बिहीबार भेट गर्नुभयो । दुई पक्षबीचको भेटमा बाढीका कारण दुवै देशमा हुने डुबान समस्या, पञ्चेश्वर जलविद्युत् आयोजना, कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले बताउनुभयो । बाढीका कारण दुवै देशलाई निकै क्षति हुने गरेको छ र त्यसको समाधान गर्न दुवै देश गम्भीर हुनुपर्ने कुरा सभापति देउवाले राख्नुभएको जानकारी उहाँले दिनुभयो । नेपाल–भारत सीमामा बाँधिएको बाँधका कारणले नेपालमा समस्या हुने गरेको र त्यसको समाधान गर्नुपर्ने विषयमा गहन कुराकानी भएको थियो । गोरखापत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage