scheduleआइतवार भाद्र २९ गते, २०७६

एकपटक पुनः अक्षय कुमारले बाजी मारे

काठमाडौँ, ६ भदौ । एकपटक पुन अक्षय कुमारले बाजी मारेका छन् । उनको फिल्म मिसन मंगलले १०० करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ ।

मिडिया रिपोर्टका अनुसार बलिउडमा पछिल्लो समय सबैभन्दा सफल अभिनेताका रुपमा अक्षयलाई लिन थालिएको छ ।

उनको यस फिल्म १२१ करोडभन्दा बढीको कमाइ गरेको छ ।

त्यस्तै जोन अब्रहामको फिल्म बाट्ला हाउसले लगभग ६५ करोडको कमाइ गरेको छ ।

एकैदिन रिलिज भएका यी दुई फिल्मको कमाइ दमदार रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage