scheduleबुधवार कार्तिक २७ गते, २०७६

कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारीमा के छ ?


काठमाडौं, ६ भदौ । नेपाल र भारतबीच संयुक्त आयोगको बैठकबाट कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि नेपालले अब कृषि र खाद्यान्नमा धेरै फाइदा लिन सक्ने विश्लेषण भएको छ ।

झन्डै दुई महिना अघि भारतबाट आयात हुने सामग्रीको विषादी जाँचलाई लिएर नेपाल र भारतबीच विवाद भएको थियो । भारतले, नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता नदिँदा हुने त्यस्ता विवाद अब हुने छैन ।

भारतले गुणस्तरका नाममा अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो । अब त्यसो गर्नेछैन । नेपालको गुणस्तर परीक्षणलाई मान्यता दिन भारत सहमत भएपछि नेपाली उत्पादन निर्यातमा टेवा पुग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

नेपाल भारत खाद्य स्वच्छता सम्झौतापछि अब नेपालको २१ वटा खाद्य नेपालमै परिक्षण गरेर भारत निर्यात गर्न सकिने भएको छ । भारतसँगको नयाँ सम्झौताले नेपाली किसानलाई फाइदा पुग्ने सरकारको दावी छ ।

नेपाल र भारतबीच यस अघिपनि कृषिसँग जोडिएका दर्जनौ सम्झौता भएका छन् । तर, कार्यान्वयनको पाटो कमजोर हुँदानेपालले लाभ लिन सकेको छैन । शंका लागेको दुवै मुलुकले खाद्य सामग्रीको जाँच आ-आफ्नो ल्याबमा गर्न पाउने छन् । निर्यात गर्ने वस्तुको गुणस्तर परीक्षण गर्न जाँदा नेपाली व्यापारीले गर्नुपर्ने धेरै खर्च र झन्झटबाट मुक्ति पाइने भएकाले व्यापारीलाई सहज हुनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage