scheduleसोमवार आश्विन ६ गते, २०७६

श्रीमतिलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

भक्तपुर, ६ भदौ । प्रहरीले आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएर हाल चाँगुनारायण नगरपालिकामा बस्दै आएका ३० वर्षीय मोहन (नाम परिवर्तन) रहेको प्रहरीको भनाइ छ । मोहनविरुद्ध आफ्नै श्रीमति सावित्री (नाम परिवर्तन) लाई बिरामी हुँदा बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रीमितले उनीविरुद्ध जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले मोहनलाई पक्रेको हो ।

मोहनले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

साबित्री र मोहनबीच १० वर्षअघि विवाह भएको थियो । दुबैजना ८ वर्षीय छोरासँगै बस्दै आएका छन् ।

प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको शुक्रबार स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage