scheduleमगलवार भाद्र ३१ गते, २०७६

अज्ञात समूहले पोखरीमा विष हाल्दा ८ क्विन्टल माछा मरे

रौतहट, ६ भदौ । अज्ञात व्यक्तिले माछापालन गरेको पोखरीमा विष हाल्दा रौतहटमा करिब ८ क्विन्टल माछा मरेका छन्

अज्ञात समूहले गएराति रौतहटको कटहरिया नगरपालिका- ९ डुमरियाका ओम प्रकाश साहको पोखरीमा विष हालेको थियो । विषका कारण पोखरीका माछा मर्दा २ लाखभन्दा क्षति भएको छ ।

पीडित साहले अज्ञात समूहले गए राति ५ कठा क्षेत्रफलमा रहेको माछा पोखरीमा विष हालेको बताएका छन् । पोखरीमा रहेका करिब ८ क्वीन्टल माछा नष्ट हुँदा २ लाखभन्दा बढी क्षति भएको उनले बताए । विषको कारण पोखरीमा पालिएको रोहा, नैनी, भकुरा लगायत विभिन्न जातका माछा नष्ट भएका छन् ।

साहले रिसइबीका कारण पोखरीमा विष हालेको हुनसक्ने बताएका छन् । वर्षभरी कडा मिहिनेत गरेर पालिएको माछा बेच्न योग्य हुने बेलामा नष्ट  भएपछि वर्षभरीको हिनेत र लगानी दुबै खेर गएको पीडित ओम प्रकाश साहको गुनासो छ ।

हाल प्रहरीले पोखरीमा विष हाल्ने व्यक्तिको खोजी कार्य गरिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage