scheduleबिहिवार आश्विन २ गते, २०७६

सत्तामा पुगेपछि जनतासँग गरेका वाचा बिर्सने प्रवृत्ति बढ्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरु सत्तामा पुगेपछि जनतासँग गरेका वाचा बिर्सने प्रवृत्ति बढ्न थालेको बताएका छन् ।

अध्यक्ष दाहालले ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कम्युनिष्टहरु सत्तामा पुगेपछि जनतासामु गरेका वाचा बिर्सदै जाने र विस्तारै बुर्जुवा हुने प्रवृत्ति बढेकोमा दाहालले चिन्ता व्यक्त गरे ।

त्यस्तै कम्युनिष्टहरुमा वैचारिक विचलन आउन थालेको समेत दाहालको भनाइ थियो । ‘कम्युनिष्टहरुमा वैचारिक विचलन आएको छ । सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ र यसलाई परिवर्तन गर्नुपर्छ’, उनले भने ।

पार्टी एकता लगभग टुंगोमा पुगेको र अव समाजवादउन्मुख हुने समेत उनले बताए । ‘पार्टी एकता केही ढिलो त भयो तर, करिवकरिव टुङ्गिएको छ’, उनले भने, ‘अव समाजवादउन्मुख गराउने प्रकृयामा हामी लागेका छौ ।’

विज्ञानलाई आत्मसाथ गरेर अघि बढेमात्रै प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त गर्न सकिने समेत दाहालको भनाइ थियो ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage