scheduleशुक्रवार फाल्गुन १६ गते, २०७६

उपकुलपतिले ज्यादति गरेपछि २५ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

दाङ, ६ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीहरुको ज्यादती गरेको भन्दै २५ जना चिकित्सकले बिहीबार राजीनामा दिएका हुन् । ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेकोले सामूहिक राजीनामा दिएको डाक्टरहरुले बताएका छन् । उपकुलपतिका कारण मानसिक तथा शारिरिक दबाब महशुस गरेको भन्दै राजीनामा दिएको उनीहरुको भनाइ छ ।

चिकित्सकले राजीनामा पत्रमा प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै आँफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन्। हालै मात्रै केही चिकित्सकलाई लाञ्छना लगाई बर्खास्त गर्न खोजेको समेत राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

चिकित्सकले उपकुलपति डा. भण्डारीसंगै कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालय,सहकुलपतिको कार्यालय,नेपाल मेडिकल एशोसिएशन,नेपाल मेडिकल काउन्सिल,र जिल्ला प्रशासन कार्यालयमा  राजीनामा बोधार्थ पठाएका छन्।

प्रतिष्ठानका २ दर्जन चिकित्सकहरुले एकैपटक राजीनामा दिएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित बनेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय