scheduleसोमवार आश्विन ६ गते, २०७६

विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जना पक्राउ

सांकेतिक तस्बिर

कास्की, ६ भदौ । प्रहरीले नेत्रविक्रम चन्द समूहका कास्की जिल्ला इन्चार्जसहित २ जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव समूहका जिल्ला इन्चार्जसहित २ जनालाई शुक्रबार बिहान  ८ बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहका जिल्ला सेक्रेटरी सुजन विक भने गत महिना नै पक्राउ परिसकेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage