scheduleबिहिवार आश्विन २ गते, २०७६

मोटरसाइकल र स्कुटर ठोक्किँदा युवकको ज्यान गयो

काठमाडौं, ६ भदौ । भक्तपुरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका- ४ चारदोबाटोमा भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा १ युवकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकोमा मोटरसाइकल चालक मध्यपुर ९ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक प्रविण लोहलाको उपचार भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage