scheduleबिहिवार आश्विन २ गते, २०७६

नेपाल प्रहरीमा करिब ४ हजारका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी जवानमा ३ हजार ५ सय ९६ र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइने र बुझाउन सकिने छ।

प्रहरी जवानको हकमा दरखास्त आह्वान गर्न चाहने पुरुषले ८ कक्षा वा सो सरह पास गरेको, उचाई घटीमा ५ फिट २ इन्च, छाती ३१–३३, तौल ५० किलो हुनु पर्ने छ भने महिला उचाई ४ फिट १० इन्च र तौल ४२ किलो हुनुपर्ने छ।

त्यस्तै कार्यालय सहयोगी ( भान्से, हजाम, कुचिकार र खेलाडी )को हकमा सामान्य लेखपढ गर्न जान्ने, पुरुषको उचाई घटीमा ५ फिट २ इन्च, छाती ३१–३३, तौल ५० र महिलाको उचाई घटीमा ४ फिट १० इन्च, तौल ४२ किलो हुनु पर्नेछ।यी पदका लागि इच्छुक नेपाली नागरिकले आवेदन फारममा १० रुपैयाँको टिकट टासी भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रहरी प्रधान कार्यालयले जारी गरेको नयाँ भर्नासम्बन्धी सूचना :

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage