scheduleसोमवार आश्विन ६ गते, २०७६

नेपाल एकदिवसीय वरीयतामा १ स्थान तल झर्‍यो

काठमाडौं, ६ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले हालै जारी गरेको एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा १६ औं स्थानमा रहेको छ । यसअघि एकदिवसीइ वरीयतामा नेपाल १५ औं स्थानमा थियो तर नयाँ वरीयतामा एक स्थान तल झर्दै १६ औं नम्बरमा पुगेको हो।

नेपालले ८ खेलबाट १९ रेटिङ पाएको छ । योसँगै वरीयतामा यूएई र पपुवा न्युगिनी भन्दा नेपाल माथि रहेको छ । तर टि–ट्वान्टी वरीयतामा भने नेपाल यसअघिको वरीयता वा ११ औं स्थानमा नै कामय छ ।

आईसीसीले जारी गरेको एकदिवसीय वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारत दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा रहेको छ ।

यता टि–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । त्यस्तै दोस्रोमा इंग्ल्यान्ड तेस्रोमा दक्षिण अफ्रीका रहँदा चौथो स्थानमा भारत रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage