scheduleबिहिवार आश्विन २ गते, २०७६

माछा मार्न खोलामा गएका २ जनाको मृत्यु

सांकेतिक तस्बिर

स्याङ्जा, ६ भदौ । स्याङ्जामा माछा मार्ने क्रममा २ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार माछा मार्ने क्रममा ज्यान जानेमा फेदीखोला गाउँपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लिएर ज्यान गएको र थापाको माछा मारेर खोला तर्ने क्रममा खोलाले बगाउँदा डुबेर ज्यान गएको  हो । खड्काको घर अगाडि रहेको कुखुरे खोलामा र थापाको पुतलीबजार नगरपालिका ११ र १३ को सिमानामा रहेको गैरिजागरस्थित आँधीखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दुबै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage