scheduleबिहिवार आश्विन २ गते, २०७६

कांग्रेस गुटबन्दीमा लाग्दा कम्युनिष्टहरुलाई फाइदा भयो: नेता पौडेल

काठमाडौं, ६ भदौ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुटबन्दीका कारण दुई तिहाइको सरकारले बाटो बिराएको बताएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । पार्टीभित्रको गुटबन्दीका कारण कांग्रेस कमजोर बनेको र सरकारका गलत क्रियाकलापविरुद्ध उभिन नसकेको उनको भनाइ छ ।

‘पार्टीभित्र न्याय, निष्पक्ष र पारदर्शी हुन नसकेकै कारण गुटबन्दी छ, यो ठीक होइन, छलफल र बहसबाट गुटबन्दीको अन्त्य हुनुपर्छ’, नेता रामचन्द्र पौडेलले भने, ‘हामी कांग्रेस–कांग्रेस एकजुट हुन नसक्दा त्यसको फाइदा कम्युनिस्ट सरकारलाई छ ।’

पार्टीभित्रको गुटबन्दीबाट फाइदा लिँदै बहुमतको दम्भ देखाएर सरकारले बाटो बिराएको नेता पौडेलको भनाइ छ । नेपालमा बहुमतको कम्युनिस्ट सरकार बन्नुमा समेत कांग्रेस नेताहरुको कमजोरी रहेको उनले बताए ।

‘पार्टीभित्रै एउटा गुटले अर्को गुटले जित्नुभन्दा बरु कम्युनिस्टले नै जितोस् भन्ने दुश्मनी भावना छ, यस्तो सोचाइ अब अन्त्य हुनुपर्छ’, पौडेलले भने, ‘गुटबन्दी हटाउनुपर्छ तब मात्रै कम्युनिस्ट सरकारलाई घुँडा टेकाउन सकिन्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage