scheduleबिहिवार आश्विन २ गते, २०७६

सालकको खपेटासहित १ जना पक्राउ

पाँचथर, ६ भदौ । प्रहरीले सालकको खपेटासहित ताप्लेजुङको फुङलिङ नगरपालिका २ बस्ने एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

फुङलिङ नगरपालिका-२ का विक्रम यवाराम लिम्बुलाई सय ग्राम खपेटासहित प्रहरीले पक्राउ गरेको हो । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने हपुखोलादेखि  ताप्लेजुङतर्फ जाँदै गरेका लिम्बूलाई खपेटासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पाँचथरमा प्रहरीले बुझाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage