scheduleमगलवार फाल्गुन १३ गते, २०७६

आफ्नै श्रीमान मार्न साढे ४ लाखको सुपारी !

काठमाडौं, ६ भदौ । श्रीमतिले नै पेशेवर अपराधीलाई पैसा दिएर श्रीमानको हत्या गराएको खुलेको छ ।

श्रीमतीले नै पेसेवर अपराधीमार्फत् आफ्नै श्रीमानको हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पूजाले सरोजको हत्या गराउन साढे ४ लाख सुपारी बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बर्दिबास नगरपालिका–३ की पुजा थापाले सुपारी दिएर आफ्नै श्रीमान सरोज भनिने श्रवन थापाको हत्या गराएको खुलेको हो । पूजाले बहिनीमार्फत् पेसेवर अपराधी बोलाएर श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

पुजाका श्रीमान सरोजको शव असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित स्मृति पार्क नजिकै फेला परेको थियो। पोष्टमार्टम अनुसार टाउको पछाडि ढुङ्गाले हिर्काएर सरोजको हत्या गरिएको थियो ।

प्रहरीले सरोजको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह, वडा–२ का मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा र टिआई सहनीलाई पक्राउ गरिएको हो ।

सरोजको हत्यामा करिब एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन्। आरोपी पूजा भने फरार छिन्।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय