scheduleबिहिवार आश्विन २ गते, २०७६

कम्युनिस्ट शासन चाँडै अन्त्य हुने देउवाको ठेकुवा

सुर्खेत, ६ भदाै । नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले नेपालमा  कम्युनिस्ट शासन चाँडै अन्त्य हुने ठोकुवा गरेका छन् ।

दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको भन्दै उनले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापनमा  देउवाले यस्तो बताएका हुन् ।।’

वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उनको आरोप छ । उनले भने ‘वर्तमान कम्युनिस्ट सरकारले जनतालाई स्वतन्त्रपूर्वक बोल्न र लेख्न पनि दिएको छैन, भष्टाचार, हिंसाजस्ता ठूला अपराधमा मुछिँदैआएको छ । अब कांग्रेसको अन्तिम लडाईँ भनेकै नेपालमा कम्युनिस्ट शासनको अन्त्य गर्नु हो ।’

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage