scheduleमगलवार भाद्र ३१ गते, २०७६

श्रीमानविरुद्ध श्रीमतीले जबरजस्तीकरणीको आरोप लगाएपछि …


धनगढी, ६ भदौ । कैलालीमा एक श्रीमतीले आफ्ना श्रीमानविरुद्ध बलात्कारको उजुरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते परेको जाहेरीमा एक समलिङ्गी महिलाले लेखेकी छिन्, ‘श्रीमानले मलाई जबरजस्ती करणी गरे ।’

शुक्रबार डडेल्धुरा बस्ने ती समलिङ्गी महिलाले धनगढीमा पत्रकार सम्मेलन नै गरिन् । ‘हाम्रो विवाह भएको अढाई वर्ष भयो । एक वर्षसम्म हाम्रो सम्बन्ध राम्रै थियो । त्यस यता श्रीमानले मेरो ईच्छा विपरित शारीरिक सम्पर्क गर्ने, कुटपिट गर्ने लगायतका गतिविधी गर्न लागे,’ पत्रकार सम्मेलनमा उनले बताइन् ।

उनले आफुले श्रीमान लागूपदार्थ सेवनमा फसेपछि यस्तो क्रियाकलाप गर्न लागेको उल्लेख गर्दै भनिन्, ‘दुई/तीन पटक श्रीमानले यस्तो गतिविधी गर्दा कहिकसैलाई गुहार मागिन् तर पछि पनि श्रीमानले त्यही गतिविधी गर्न लागेपछि बाँध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ ।’

‘हाम्रो समाजमा जवरजस्ती करणी भन्ने वित्तिकै महिलामाथि मात्र हुन्छ भन्ने मानसिकता छ’ उनले उजुरी दर्ता गराउन जाँदाको त्यो क्षणलाई सम्झदै भनिन्– ‘जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीलेनै प्रतिक्रिया दियो की महिलामाथि जवरजस्ती करणी हुन सक्छ तर समलिङ्गीलाई हुन सक्दैन भन्दै पहिलो पटक जाहेरी लिएनन । पछि प्रमुख जिल्ला अधिकारीसमक्ष कुरा पुगेपछि जाहेरी दर्ता भयो ।’

प्रहरीलाई जाहेरीका आधारमा प्रमाणहरु समेत बुझाउँदा पनि उजुरी नलिएको उनको गुनासो थियो ।

यद्यपि, कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले समलिङ्गी महिलाले आफनो श्रीमानविरुद्ध जवरजस्तीकरणीको जाहेरी दिएको र त्यसको अनुसन्धान भइरहेको बताए । प्रवक्ता बस्नेतले भने, ‘उनको श्रीमानको खोजी कार्य भइरहेको छ, उनी नेपाल भन्दाबाहिर गएको आशंका हामीलाई छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage