scheduleशनिवार आश्विन ४ गते, २०७६

कम्युनिष्ट नेता नै राजा महाराजाजस्ता हुन थालेः प्रचण्ड


काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो सम्भावना औंल्याएका हुन् ।

अध्यक्ष प्रचण्डले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याए । कम्युनिस्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनता यिनलाई पनि लखेट्नपर्छ भनेर नागरिक नै उठ्न सक्ने तर्फ सचेत रहन पनि प्रचण्डले सतर्क गराए ।

प्रचण्डले माक्र्सवाद अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताए ।

हेर्नुहोस् भिडियो-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage