scheduleसोमवार आश्विन ६ गते, २०७६

खाना खानेबित्तिकै भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती, जुन निकै घातक हुनसक्छ

मानव जीवन एउटा निश्चित रुटिङमा चलेको हुन्छ । कतिपयले आफ्नो रुटिङलाई व्यवस्थित बनाएका हुन्छन् भने कतिपयको अस्तव्यस्त पनि । व्यवस्थित दैनिकीले मानिस स्वस्थमात्रै होइन खुसी राख्छ ।

तर, कतिपयले सामान्य कुराको ख्याल नगर्दा दु:ख पाइरहेका हुन्छन् । यहाँ हामीले केही यस्ता आदतबारे जानकारी दिँदैछौं, जुन खाना खाएपछि तत्काल गर्नु स्वस्थ्यका लागि प्रत्युत्पादक हुनेगर्छ ।

१. तुरुन्त नसुत्नुस्

बेलुकाको खाना खाएपछि मानिसहरु तुरुन्तै बेडमा पुगिहाल्छन् । तर, यो स्वास्थ्यका लागि लाभदायक छैन । खानापछि तत्काल सुतिहाल्नेहरुमा ग्याँस तथा पेटको समस्या देखिने गरेको पाइन्छ ।

साथै जबसम्म खाना राम्रोसँग पच्दैन, साथै त्यसमा रहेको पोषण शरीरले लिँदैन, तबसम्म पोषणको प्रक्रिया पूरा हुँदैन । त्यसैले तुरुन्त नसुत्नु नै बेस हुन्छ ।

२. चुरोट नखानुस्

धुम्रपान स्वास्थ्यका लागि हानिकार छ । यसले त कुनै पनि समयमा फाइदा गर्दैन । तर, खाना खानेबित्तिकै धुम्रपान गर्नु झनै हानिकारक हुन्छ । यसले मुटु र स्वाससम्बन्धी समस्या निम्याउँछ । साथै क्यान्सरको खतरा पनि बढ्छ । सामान्य अवस्थामाभन्दा खाना खानेबित्तिकै गरिने धुम्रपान १० गुणा बढी हानिकारक हुने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।

३. तुरुन्त ननुहाउनुस्

नुहाउँदा मानिसको हात र खुट्टा निकै सक्रिय रहन्छ । जसका कारण रक्तसञ्चार पनि तीव्र हुन्छ । यी अंगमा रक्तसञ्चार बढ्दा पेटमा रगत प्रवाहमा असर पर्छ । जसले पाचन प्रक्रियालाई प्राभावित गर्छ ।

४. फल नखानुस्

यदि खाना खानेबित्तिकै कुनै पनि फल खानुहुन्छ भने त्यसबाट प्राप्त हुने पोषण तपाईंको शरीरले राम्रोसँग पाउँदैन । त्यसैले भन्ने गरिन्छ खाना खानुभन्दा करिब १ घण्टा पछिमात्रै फल खानु फाइदाजनक हुन्छ । अझै बिहान खालिपेटमा फलफूल खानुहुन्छ भने त्यो झन लाभदायक हुन्छ ।

५. चिया नपिउनुस्

चियापत्तीमा अम्लियता निकै उच्च हुन्छ । यसले प्रोटिनको पाचनमा असर गर्छ, राम्रोसँग पच्न दिँदैन । त्यसैले पनि खाना खाएको १/२ घण्टासम्म चिया भुलेर पनि नपिउनुहोस् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage