scheduleसोमवार आश्विन ६ गते, २०७६

दाँतको दुखाईबाट छुटकारा पाउन यी घरेलु उपचार अपनाउनुहोस्

दाँत दुख्ने समस्याले धेरैलाई दुख दिने गरेको छ । दाँतको दुखाई प्रायःअसहनशील नै हुने गर्छ । घरमा हुने केही चिजहरुको प्रयोगले नै तपाईले दाँतको दुखाइबाट केही हदसम्म भएपनि छुटकारा पाउन सक्नुहुन्छ । यदि तपाईलाई पनि दाँत दुख्ने समस्या छ भने यी घरेलु प्रयोगबाट दाँत दुख्ने समस्याबाट टाढा रहनसक्नुहुनेछ ।

यी घरेलु उपचारबाट दाँत दुख्ने समस्याबाट टाढा रहनुहोस्ः

१.एक गिलास मनतातो पानीमा एक चम्चा नुन मिसाएर केहीबेर कुल्ला गरेमा दाँतको दुखाईबाट छुटकारा पाउन सक्नुहुनेछ ।

२.मधुमेहका कारण दाँत दुखेको भएमा अम्बाको ३–४ वटा पात पानीमा उमालेर त्यो पानी खाएमा पनि यसबाट छुटकारा पाउन सकिने छ । अझ सकेसम्म उक्त अम्बा कै पात चपाएर खाएमा झनै राम्रो हुन्छ ।

३.दाँतको दुखाई कम गर्न अदुुवाको टुक्रा चपाएमा पनि राम्रो हुन्छ ।

४.दुखाई भएको ठाँउमा बरफको डल्लो लगाएमा रक्तसञ्चार हुँदैन जसले दुखाईको महशुस गराउँदैन ।

५.हिङको प्रयोगले पनि दाँतको दुखाईबाट मुक्ति दिलाउँछ । दुखााई भएको ठाँउमा हिङ लगाएमा दाँतको दुखाई भगाउँछ ।

६.दालचिनीको धुलोलाई दुखाई प्रभावित ठाँउमा लगाएमा दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

७.यो एक प्राकृतिक पेनकिलर हो । तेजपत्तालाई पिसेर त्यसमा थोरै नुन मिसाएर दाँतमा लगाएमा फाइदा हुनेछ ।

८. केही समय दुख्ने ठाँउमा कपुर राखेमा दाँत दुखाईलाई कम गराउँछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage