scheduleआइतवार आश्विन ५ गते, २०७६

के तपाईंलाई थाहा छ कलमको बिर्कोको टुप्पोमा ‘प्वाल’ हुने कारण ?

जुनकुनै युगमा पनि पेनको भूमिका एकदमै महत्वपूर्ण हुने गरेको पाइन्छ । तर, अहिले कम्प्युटरले यसको प्रयोग बिस्तारै कम हुँदै गएको छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायः पेनको बिर्कोमा अर्थात् टुप्पोमा एउटा प्वाल किन हुन्छ ?


एक अवधारणाअनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो भनाइलाई नमान्न पनि सकिन्छ, किनकी यो तथ्य मसी सुक्ने र नसुक्नेसँग मात्र सम्बन्धित छ ।

यस सम्बन्धित अर्को अवधारणा पनि रहिआएको छ, प्वालले पेन बन्द हुँदा र खुल्दा हावा सञ्चालन गराउँदछ र मसीलाई सामान्य अवस्थामा ल्याउँछ । यो सब बिर्को खुल्ने र बन्द हुने पेनका लागि मान्य हुन्छ । घुमाएर बन्द हुने पेनका लागि भने यो मान्य हुँदैन ।

पेनको टुप्पोमा प्वाल किन राखिएको भन्ने विषयमा अनेकन धारणाहरु प्रस्तुत हुने गरेको भएपनि यसको खास कारण भने अर्कै छ ।

यो हो मुख्य कारणः

खासगरी बच्चा तथा अरु मानिसहरु पेन मुखमा हाल्ने बानीका कारण त्यसले मुखमा घोचेर असर गर्छ अथवा घातक हुनसक्छ । यदि मुखमा हाल्ने बानीका कारण झुक्किएर निलेमा त्यसमा हुने प्वालका कारण हावा बहन राम्रोसँग हुन्छ र भारी असर गर्दैन अन्यथा मानिसको ज्यान पनि जान सक्छ । त्यसका साथै त्यसमा हुने मसी बाहिर नआओस् भन्नका लागि पेनको ढकनीमा प्वाल राख्ने प्रचलन छ ।


यसैकारण पेन बनाउने कम्पनीहरुले पेनको बिर्कोको टुप्पोमा प्वाल राख्दै आएका छन् । जसकारण कोही बच्चाले भुलेर निलेमा केहीहदसम्म भएपनि खतरा कम हुनेछ । अहिले भने पेनको दुबै भागमा प्वाल राख्ने गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage