scheduleआइतवार फाल्गुन ११ गते, २०७६

चित्रकलाको यो अनोठौ शैली, चित्र हेर्दा दंग परिन्छ

भगवान गणेश

चित्रकलामा विभिन्न शैली वा स्वरुप हुन्छन् । ती मध्ये एउटा शैली पिपलको पातमा चित्र बनाउने पनि हो । यो शैलीलाई भारतको प्राचीन शैली पनि मानिन्छ ।

दुई पाका मानिस
घोडा अरेबियन

अहिले यो शैलीलाई पुनर्जिवन दिने काम एकजना भारतीयले गरेका छन् । ती व्यक्तिको नाम हो, सन्देश एस. रंगनेकर । सन्देशले आफ्ना बाबु सदाशिव जी रंगनेकरबाट चित्रकला सिकेका थिए । सदाशिव पनि एकजना प्रख्यात चित्रकार थिए ।

अमिताभ बच्चन

सन्देशले पुराना तथा बहुमूल्य चित्रलाई संरक्षण गर्न पिपलको पातमा चित्र कोरेका छन् । उनले पिपलको पातमा भगवान गणेश,मोनालिस लगायत कैयौं बनाएका छन् ।

म्यारिलिन मुनरो

सन्देशले भने, ‘ पिपलको पातमा चित्र बनाउने कार्य निकै कठिन तर निकै रमाइलो हुन्छ । चित्रकलाको यो शैली प्राचीन भारतको हो र यसलाई थोरै कलाकारले मात्रै प्रयोग गरेका छन् । यही भएर यो शैलीलाई जिवन्त राख्न चाहन्छु ।’

माइकल ज्याक्सन

पिपलको पातलाई तयार गर्न ३० देखि ४५ दिनसम्म लाग्ने भन्दै कलाकारले निकै धैर्यता देखाउनु पर्ने रंगनेकरको भनाई रहेको छ । यो शैली निकै कठिन हुने भन्दै उनले थपे, ‘ पातमा चित्र बनाउने कार्य निकै चुनौतिपूर्ण हुन्छ, चित्रलाई हुवहुु पातमा उतार्न निकै ध्यान दिनुपर्छ भने एउटा चित्र बनाउन १ दिन लाग्छ ।’

मोनालिसा

मोनालिसाको चित्र कोर्दाको आफ्नो अनुभवलाई रंगनेकरले यसरी बाँडे, ‘मलाई मोनालिसाको चित्र बनाउन निकै गाह्रो भएको थियो किनभने पातको आकार ६ ७ इन्च रहेको र मोनालिसाको मुस्कार तथा अभिव्यक्तिलाई दुरुस्त उतार्ने काम त्यति सजिलो थिएन तर पनि यो चित्र कोरेपछि मलाई अघि बढ्ने साहस मिल्यो ।’

कालो ह्याट लगाएकी युवती

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय