scheduleसोमवार आश्विन ६ गते, २०७६

पसिना गन्हाउने समस्याबाट पार पाउन सोडा र कागती

एजेन्सी । के तपाईं शरीरमा पसिना गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । एउटा सानो उपाय अपनाएर तपाईंले यस्तो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

गर्मी मौसम छ, पसिनाको अवस्य आउँछ । आउनु आवश्यक पनि छ, यो एक हिसाबले स्वस्थ रहनुको निसानी पनि हो । तर, यसको गन्ध धेरैका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । त्यसैले यहाँ पसिना गन्हाउने समस्याबाट पार पाउने घरेलु उपाय सिकाउँदैछौँ ।

यसरी पाउने छुटकारा

एक चम्चा बेकिङ सोडामा एक चम्चा कागतीको रस मिसाउनुस् । तयार भएको मिश्रणलाई नुहाउनु अघि काखीसहित अत्याधिक पसिना आउने ठाउँमा लगाउनुस् ।

त्यसलाई करिब २ मिनेट रहन दिनुस् । हाम्रो छालाले त्यसलाई सोस्दछ । अब पानीले धुनुहोस् । यसपछि नुहाउन नभुल्नुहोला ।

केही हप्ता यस्तो उपाय अपनाउनु भयो भने तपाईंले पसिना गन्हाउने समस्याबाट मुक्ति पाउन सक्नु हुनेछ ।

Source: ABP News

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage