scheduleबुधवार मंसिर ४ गते, २०७६

सेन्ट्रल जोन भलिबल : फाइनलमा किर्गिस्तान र उज्वेकिस्तान भिड्दै

काठमाडौं, ७ भदौ । एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज किर्गिस्तान र उज्वेकिस्तनबीच खेल हुँदैछ ।

किर्गिस्तान र उज्वेकिस्तानबीचको फाइनल खेल दिउँसो २ बजेपछि ललितपुरको लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना भएको सेन्ट्रल जोन च्याम्पियनसिपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । च्याम्पियनसिपमा दुवै टोली अपराजित छन् । दुवै टोलीले विपक्षीविरुद्ध कुनैपनि सेट गुमाएका छैनन् ।

किर्गिस्तान उज्वेकिस्तानलाई पराजित गर्दै सेन्ट्रल जोनमा दोस्रोपटक च्याम्पियन बन्ने दाउमा छ भने उज्वेकिस्तान पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ । किर्गिस्तान माल्दिभ्समा भएको तेस्रो संस्करणमा च्याम्पियन बनेको थियो ।

पाँचौ संस्करणसम्म आइपुग्दा उल्लेख्य उपलब्धि हासिल गर्न असफल उज्वेकिस्तान यसपटक नेपालबाट उपाधि लिएर जाने लक्ष्यमा हुनेछ । तुर्केमिनिस्तान पहिलो र चौथो संस्करणको विजेता हो । दोस्रो संस्करणमा बंगलादेश र तेस्रो संस्करणमा किर्गिस्तान च्याम्पियन बनेका थिए ।

गतवर्षको च्याम्पियन तुर्केमेनिस्तानले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । आयोजक नेपालले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै पाँचौ स्थान हात पार्यो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage