scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

करणी र ज्यानमुद्दा लागेका फरार अभियुक्त पक्राउ

परासी, ७ भदौ । जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले कर्तब्य ज्यान मुद्दामा फरार रहेका सुनवल नगरपालिका- ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ वर्षपछि पक्राउ गरेको हो । अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो । कुमाललाई जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाइएको छ ।

एघार वर्षअघि कुमालले साविक रामनगर-५ बस्ने लाल बहादुर सुनार र कमल सुनारलाई फलामे रड हानेर गम्भीर घाईते बनाएका थिए । गम्भीर घाईते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तब्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो ।

त्यस्तै प्रहरीले जवर्जस्ती करण मुद्दामा फरार प्रतापपुर गाउँपालिका-१ का अशोक केवटलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ । केवट २०७५ फागुन २८ गते २२ वर्षिया युवतीलाई बर्दघाट नगरपालिका-१३ धनेवा स्थित उखुबारीमा जवर्जस्ती करणी गरी फरार भएका थिए ।

प्रहरीले पिडितको जाहेरी पाएपछि फरार अभियुक्त केवटको खोजतलाश गरिरहेको थियो । सूचनाका आधारमा केवटलाई भदौ ६ गते उनकै घर नजिकबाट पक्राउ गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage