scheduleसोमवार श्रावण १९ गते, २०७७

बलात्कारको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दायर

ओखलढुङ्गा, ७ भदौ । जवरजस्ती करणीको आरोपमा ओखलढुङ्गाका १ वडा सचिवविरुद्ध मुद्दा दर्ता भएको छ।

ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कटवालविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो।

सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा कटवालले भदौ १ गते स्थानीय एक २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा वडा सचिव कटवालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।पीडितको जाहेरीपछि फरार रहेका आरोपित कटवाललाई प्रहरीले खोजिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय