scheduleआइतवार भाद्र २९ गते, २०७६

भाञ्जी बलात्कारको आरोपमा मामा पक्राउ


ओखलढुंगा, ७ भदौ । ओखलढुंगामा भाञ्जी बलात्कार गरेको आरोपमा मामा पक्राउ परेका छन् । नातामा भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।

तामाङले ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेको अभिभावकले उजुरी दिएका छन् । अभिभावकको उजुरीको आधारमा तामाङलाई घरैबाट पक्राउ गरिएको छ ।

ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage