scheduleबिहिवार आश्विन २ गते, २०७६

ट्रकमा करेन्ट प्रवाह हुँदा सहचालकको ज्यान गयो

सांकेतिक तस्बिर

काठमाडौं, ७ भदौ । ललितपुरको बाग्मती गाउँपालिका छपेलीमा ट्रकमा करेन्ट लाग्दा ट्रकका सहचालकको ज्यान गएको छ ।

शनिबार विहान खानी खोला हाईड्रोपावरमा आवश्यक सामग्री पुर्याउन गएको ना १ क ८६९० नम्बरको ट्रकमा करेन्ट लागेर सहचालक अन्दाजी २६ वर्षका विकास कार्कीको ज्यान गएको  हो ।

चालकले ट्रकलाई रोकी शौचालय गएका बेला सहचालककले त्यहाको क्रेनलाई उठाउँदा त्यसले हाइटेन्सन लाइनमा छुन गई करेन्ट प्रवाह भएको थियो । करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage