scheduleबुधवार मंसिर ४ गते, २०७६

एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाको मृत्यु

एजेन्सी, ७ भदौ । भारतको राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाको ज्यान गएको छ ।
राजस्थानको राजसमन्द जिल्लास्थित देसुरीमा एसिड बोकेको ट्यांकर अनियन्त्रित भई कारमाथि पल्टिदाँ ९ जनाको मृत्यु भएको हो । दुरघटनामा ज्यान गुमाउने सबै एकै परिवारका सदस्य भएको समाचार माध्यमले जनाएका छन् ।

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । ज्यान गुमाउनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् ।

अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो ।

दुर्घटनाग्रस्त ट्यांकरले एसिड बोकेको थियो । दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage