scheduleमगलवार भाद्र ३१ गते, २०७६

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

बाजुरा, ७ भदौ । मार्तडीस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सुत्केरीको ज्यान गएको छ ।

बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि वसन्तीलाई अस्पताल ल्याइएको थियो । उनलाई अस्पताल पुगेलगत्तै डाक्टरले प्रसूति कक्षमा लगेर उपचार गरिरहेका थिए ।

शनिबार बिहान वसन्तीले दोस्रो सन्तानका रुपमा छोरालाई मृत अवस्थामा जन्माएकी थिइन् । उनलेको शरीरबाट अत्यधिक मात्रामा रक्तश्राव भएपछि उनको मृत्यु भएको हो।

आफन्तले भने डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भए । गत साउन २६ गते अस्पतालमा डाक्टरले सुत्केरीको अवस्थाबारे बुझेपछि भदौ २ गते अस्पताल ल्याउन भनेका थिए । तर आफन्तले भने भदौ ६ गतेमात्रै अस्पताल ल्याएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage