scheduleशनिवार आश्विन ४ गते, २०७६

सेन्ट्रल जोन भलिबल च्याम्पियनको उपाधि किर्गिस्तानलाई

काठमाडौं, ७ भदौ । एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानले जितेको छ ।

किर्गिस्तानले शनिबार लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३-० ले हराउँदै उपाधि हात पारेको हो । किर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५-१९ले हराएको थियो ।

आजको जितसँगै किर्गिस्तान दोस्रो पटा सेन्ट्रल जोन च्याम्पियन बन्न सफल भएको छ । उज्वेकिस्तानले भने अहिले सम्म उपाधि जित्न सकेको छैन ।

भदौ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता थियो । तुर्केमिनिस्तानले तेस्रो स्थान प्राप्त गरेको खेलमा माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश पुछारमा रहेको छ ।

सेन्ट्रल जोनको छैटौं संस्करण अर्को वर्ष बंगलादेशमा हुने एभिसीको शुक्रबार काठमाडौंमा बसेको साधारण सभाले निर्णय गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage