scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Global IME

स्पेनका चर्चित स्ट्राइकर टोरेसले लिए सन्यास

एजेन्सी, ७ भद। स्पेनका स्ट्राइकर फर्नान्डो टोरेसले खेल जीवनबाट सन्यास लिएका छन् ।

सन् २०१० को विश्वकपमा स्पेनलाई उपाधि  जिताउनमा टोरेसको महत्वपूर्व भूमिका थियो । उनले स्पेनलाई २०१२ को युरो जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पछिल्लो समय जापानको सागन टोसु फुटबल क्लबबाट ब्यवसायिक फुटबल खेल्दै आएका थिए । ३५ वर्षीय टोरेसले सागन टोसुबाट अन्तिम खेल खेल्दै खेलाडी करिअरलाई बिट मारेका हुन् ।

टोरेसको टोली अन्तिम खेलमा स्पेनिस आन्द्रेस इनीएस्टा सम्मिलित भिसेल कोबेसँग ६–१ गोलले पराजित भएको थियो । इनिएस्टा र टोरेस स्पेनका लागि उमेर समूहदेखि सँगै खेलेका खेलाडी हुन् ।

टोरेसले स्पेनको एट्लेटिको म्याड्रिडबाट व्यावसायिक खेल जीवन सुरु गरेका थिए । उनले प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीबाट पनि खेलेका थिए ।

चेल्सीबाट लोनमा एसी मिलानबाट पुगेका उनी केही समय एट्लेटिकोनै फर्किएका थिए । पछिल्लो समय जापानी क्लब पुगेका उनले त्यहीबाटै खेल जीवन अन्त्य गरे ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage