scheduleबुधवार कार्तिक २७ गते, २०७६

अब्राहम चम्किँदा चेल्सीको पहिलो जित


एजेन्सी, ७ साउन । यो सिजनको इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले पहिलो जित दर्ता गरेको छ । नर्विच सिटीलाई घरेलु मैदानमा ३-२ ले पराजित गर्दै चेल्सीले सिजनको पहिलो जित दर्ता गरेको हो ।

चेल्सीको जितका ट्यामी अब्राहमले दुई गोल निर्णायक बन्यो । खेलको तेस्रो मिनेटमै अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान सेजार एज्पिलिक्वेटाको पासलाई गोलमा परिवर्तन गरेका हुन् । तर त्यसको तीन मिनेट नबित्दै टिमु पुक्कीको पासमा टड कान्टवेलले गोल गर्दै पाहुना टोलीविरुद्ध घरेलु टोलीलाई बराबरीको अवस्था दिलाए ।

चेल्सीका युवा मिडफिल्डर मेसन माउन्टले अर्को गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि लगत्तै फरवार्ड पुक्कीले बुएनडीयाको पासमा गोल गर्दै खेल पुन: बराबरीमा फर्काए ।

अब्राहमले दोस्रो हाफमा एक गोल थप्दै चेल्सीको जितको लागि निर्णायक भूमिका खेल्दै टिमका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डलाई खुसी तुल्याए । यो जितसँगै
चेल्सीले चार अंक जोडेको छ भने नर्विच ३ अंकमा खुम्चिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage