scheduleशनिवार आश्विन ४ गते, २०७६

उपचारका क्रममा सुत्केरीको मृत्यु


बाजुरा, ७ भदौ । जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षिया श्रीमती बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालीले आज विहान मृत अवस्थामा रहेको शिशुलाई जन्म दिएकी थिइन् । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ उनलाई जिल्ला अस्पतालमा ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उपचार गरिरहेको बेला उनको मृत्यु भएको आफन्त प्रेम नेपालीले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage