scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

आर्सनलले लिभरपुललाई रोक्न सकेन

काठमाडौँ, ८ भदौ । गएराति भएको प्रिमियर लिगमा आर्सनल लिभरपुलसँग ३-१ गोलले पराजित भएको छ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे भने जोएल माटिप एक गोल गरे । आर्सनलका लुकास ट्रोरिराले एक गोल फर्काउन सफल भए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको ४१ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गरे ।
खेलको ५८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरे । तीन गोलले पछि परेको आर्सनलका लागि खेलको ८५ औं मिनेटमा लुकासले एक गोल गरे । यो जितसँगै लिभरपुलले आफ्नो शतप्रतिशत अपराजित यात्रा कायम राख्न सफल भएको छ । लिभरपुल ९ अंकका साथ शिर्षस्थानमा रहेको छ ।

आर्सनलको यो पहिलो हार हो । आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage