scheduleशनिवार आश्विन ४ गते, २०७६

म्यानचेस्टर युनाईटेडलाई नमिठो झट्का

काठमाडौँ, ८ भदौ । प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडलाई क्रिस्टल प्यालेसले नमिठो झट्का दिएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानु क्रिस्टल प्यालेससँग २-१ गोलले पराजित भएको छ ।

क्रिस्टललाई जित दिलाउन जोर्डन आयु र प्याट्रिक भ्यान एन्होल्टले एक एक गोल गरेका थिए । युनाईटेडका ड्यानिल जेम्सले एक गोल गरे । त्यस्तै मार्कस रासफोर्ड भने पेनाल्टीमार्फत गोल गर्न चुके ।

क्रिस्टल प्यालेसका लागि खेलको ३२ औं मिनेटमा जोर्डन गोल गरे । दोस्रो हाफमा ७० औं मिनेटमा मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्न नसक्दा म्यानुलाई अर्को झट्का लाग्यो । लेइसेस्टरविरुद्धको खेलमा पनि पोग्वा गोल गर्न चुकेका थिए ।

म्यानुका लागि खेलको ८९ औं मिनेटमा जेम्सले बराबरी गोल फर्काए । तर, खेलका अन्तिम समयमा प्याट्रिकले गोल क्रिस्टलले खेल जित्न पुग्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage