मेस्सी अझै ‘अनफिट’
काठमाडौँ, ८ भदौ । स्पेनिस लिगमा पहिलो खेल गुमाएको बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीबिनै रियल बेटिसविरुद्ध खेल्ने भएको छ ।
उनी टोलीमा फर्किएता पनि पुर्ण रुपमा फिट नभएका कारण उनलाई खेलमा सामेल नगरिएको बार्सिलोनाका प्रशिक्षक अरनेस्ट भल्भरडेले बताएका छन् ।
मेस्सी पिँडुलाको चोटबाट मुक्त हुँदै मैदान फर्कने तयारीमा छन् । तर, प्रशिक्षकले जोखिम मोल्न नसक्ने र पुर्ण रुपमा फिट भएपछि मात्रै लियोनल मेस्सीलाई खेलाउने बताएका छन् ।
त्यस्तै लुईस स्वारेज र उसमान डेम्बेलेले चोट बोकेपछि बार्सिलोनामा समस्या नै समस्या देखिएको छ ।
पहिलो खेल गुमाएको पिडाबाट बाहिर आउन पनि बार्सिलोना अबका खेल जित्नै पर्ने दबाब रहेको छ ।