scheduleआइतवार भाद्र २९ गते, २०७६

होटेलमा साथीसँगै बास बसेका युवा मृत फेला

दाङ, ८ भदौ । घोराहीस्थित एक होटेलमा बास बसेका युवा मृत फेला परेका छन् ।

दाङको घोराही–१५  ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले संञ्चालन गरेको शंकर होटलमा सुतेका १ युवा मृत फेला परेका हुन् । शनिबार उक्त होटेलमा बास बसेका बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय  लालु घर्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।

गएराति भारतबाट रोजगारी गरेर फर्किएका ६ जना मगरको होटेलमा बास बसेका थिए । तीमध्ये एउटा कोठामा घर्तीसहित २ जना सुतेका थिए । तर बिहान उठ्दा घर्ती मृत भेटिएका थिए ।

घर्तीको शवको पोष्टमार्टमपछि मात्रै मृत्यु हुनुको कारण बाहिर आउने दाङ प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage