scheduleशुक्रवार श्रावण ३० गते, २०७७

रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालत पेश गरियो

भरतपुर, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित ३ जनालाई अदालतमा पेश गरिएको छ ।

सञ्चारकर्मी लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई आइतबार १० बजे जिल्ला अदालत लगिएको हो । हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ ।

आइतबार नै लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको र अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । आज बहस नसकिए भोली सोमबार पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने छ ।

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको स्रोतको दावी छ।

पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको अरोप थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय