scheduleबिहिवार आश्विन २ गते, २०७६

चीन-अमेरिका व्यापार युद्ध कम गर्न धनी राष्ट्रको अपिल

एजेन्सी, ८ भदौ । विश्वका सबैभन्दा धनी र औद्योगिक राष्ट्रको शिखर सम्मेलनमा सहभागी हुन फ्रान्स आइपुगेका धनी मुलुकका नेताहरुले चीन र अमेरिकाबीच बढ्दै गएको व्यापार युद्ध कम गर्न आव्हान गरेका छन् ।

फ्रान्सको तटीय नगर बियारिजमा भेला भएका जी-७ मुलुकका नेताहरूले चीन-अमेरिका व्यापार युद्ध कम गर्न आव्हान गरेका हुन् ।बैठकमा सहभागी फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले अमेरिका र चीनबीचको बढ्दो व्यापारिक तनावबारे चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

समाचार अनुसार फ्रान्सेली राष्ट्रपति माक्रोँले व्यापार युद्ध सबैका लागि खराब हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। व्यापारिक तनाव कम गर्न जी-७ समूहमा आबद्ध प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले बैठकमा साझा रणनीति बनाउने उनको भनाइ छ ।

त्यस्तै शिखर बैठकमा सहभागी हुन आएका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिका र चीनबीचको बढ्दो तनाव घटाउनु पर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिखर सम्मेलनमा सहभागी हुनुपूर्व अर्बौं डलर बराबरका चिनियाँ सामानमाथि थप कर लगाउने घोषणा गरेका थिए। त्यसैले विश्वव्यापीकरण र जलवायु परिवर्तनका मुद्दामा फरक मत राख्दै आएका ट्रम्प जी-७ शिखर बैठकमा एक्लिने संभावना रहेको देखिन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage