scheduleबिहिवार आश्विन २ गते, २०७६

प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता

फाइल फोटो

काठमाडौं, ७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  राष्ट्रपति निवास शितनिवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति र प्रचण्डबीच करिब दुई घण्टा छलफल चलेको स्रोतले जनाएको छ । छलफलमा के विषयबारे कुराकानी भयो भनेर खुलाइएको छैन ।

राष्ट्रपतिले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको शक्ति सन्तुलन आदिबारे चासो राखेको हुनसक्ने स्रोतको दाबी छ । राष्ट्रपति भण्डारी पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउनसमेत सक्रिय रहेको दाबी स्रोत गर्छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेट समसामयकि भएको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी भित्र नेकपाका वरिष्ठ अध्यक्ष माधव नेपाल र अध्यक्ष केपी ओलीबीचको विवाद बढीरहँदा प्रचण्डले पार्टीभित्र विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गर्न गएका बेला पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डले पाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage