scheduleबिहिवार आश्विन २ गते, २०७६

सामाजिक सञ्जालबाट सिडियोलाई गाली गर्ने गुप्ता प्रहरी खोरमा


वीरगञ्ज, ८ भदौ । सामाजिक सञ्जालमार्फत् प्रमुख जिल्ला अधिकारीलाई गालीगलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फेसबुकमा गाली गलौज गर्ने बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

कंकाली अटो ट्रेडर्स सञ्चालक उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage