scheduleबिहिवार आश्विन २ गते, २०७६

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, ८ भदौ । सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रधानमन्त्री ओलीको हाल उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका हुन् । स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको विष्णु रिमालले बताए ।

प्रधानमन्त्रीको १२ वर्ष पहिला मिगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् । मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउनु पर्नेछ ।

चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने छ । प्रधानमन्त्रीको उपचारको यो प्रक्रिया शुक्रबार पहिलोपटक थालिएको छ ।  कति पटकसम्म गर्नुपर्ने हो निश्चित भने भइसकेको छैन ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage