scheduleआइतवार आश्विन ५ गते, २०७६

अन्तरिक्षमा पुगेर पूर्वपतिको बैंक एकाउण्ट ह्याक


वासिंगटन, ८ भदौ । अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्षमा हुने अपराधको जाँच सुरु गरेको छ । आईएसएस भनिने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बैंक खाता ह्याक भएपछि नासाले यस्तो जाँच सुरु गरेको हो ।

आरोप लागेको छ, नासाका सर्वोत्कृष्ट एस्ट्रोनट ऐनी म्याकक्वेललाई । उनको २०१४ मा वायुसेनाका पूर्व जासुस समर वार्डनसँग विवाह भएको थियो । कन्सासमा रहने वार्डनसँग उनको अक्टोबर २०१८ मा सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि ३ डिसेम्बरमा ऐनी नासाको ६ माहको मिसनका लागि चुनिएका थिए । उनी जनवरीमा आईएसएसका लागि अन्तरिक्ष प्रस्थान गरेका हुन् ।

उनी अन्तरिक्षबाट २४ जुन २०१९ मा पृथ्वीमा फर्किए । यो अभियानको क्रममा अन्तरिक्षबाट नै वार्डनको बैंक एकाउण्टबाट कारोबार गरेको आरोप लागेको हो । मार्चमा यसको जानकारी वार्डनलाई खबर मिल्यो । उनले फेडरल ट्रेड कमिशनमा यसबारे उजुरी गरे ।

अनुसन्धानको क्रममा नासाको कम्प्युटरबाट बैंक एकाउण्ट ह्याक भएको पुष्टि भएको छ । बैंकले यसको प्रमाण पनि दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage